छात्रावासकाे सुविधा:
हाम्रो विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि सुरक्षित र व्यवस्थित छात्रावास सुविधा उपलब्ध छ। छात्रावास शान्त, हरियाली र प्राकृतिक वातावरणमा अवस्थित छ, जहाँ विद्यार्थीहरूले घरजस्तै अनुभूति गर्न सक्छन्।
छात्रावासमा बस्ने र खाने दुवैको राम्रो व्यवस्था गरिएको छ। पोषणयुक्त र स्वच्छ खाना नियमित रूपमा उपलब्ध गराइन्छ। विद्यार्थीहरूको दैनिकी, सरसफाइ, पढाइ र अनुशासनमा विशेष ध्यान दिइन्छ।
हरेक कोठामा अनुभवी सर–मिसहरूको निरन्तर निगरानी रहने भएकाले विद्यार्थीहरू सुरक्षित र अनुशासित वातावरणमा बस्न पाउँछन्। अभिभावकको माया र शिक्षकको मार्गदर्शनको संयोजनले विद्यार्थीहरूको शारीरिक, मानसिक र नैतिक विकासमा सहयोग पुर्याउने हाम्रो विश्वास छ।
पीस जुन परीवार🙏