Peace Zone National Academy मा यहाँहरूलाई हार्दिक स्वागत छ।
हाम्रो विश्वास शिक्षा भनेको केवल किताबको ज्ञान मात्र नभई बालबालिकाको राम्रो बानी, अनुशासन, संस्कार र चरित्र निर्माण हो। शान्त, सुरक्षित र पारिवारिक वातावरणमा प्रत्येक विद्यार्थीलाई माया, हेरचाह र जिम्मेवारीका साथ हुर्काउनु हाम्रो प्रमुख लक्ष्य हो।
अनुभवी शिक्षक–शिक्षिका, गुणस्तरीय पढाइ, अनुशासित वातावरण तथा घरजस्तै अनुभूति दिने होस्टेल व्यवस्थामार्फत हामी बालबालिकाको सर्वाङ्गीण विकासमा निरन्तर लागिरहेका छौं। पढाइसँगै संस्कार, संस्कृति र जीवनोपयोगी सीपमा पनि हामी विशेष ध्यान दिन्छौं।
अभिभावकहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। तपाईंका नानीहरूको उज्ज्वल, सुरक्षित र मूल्यमा आधारित भविष्य निर्माणका लागि Peace Zone National Academy सधैं प्रतिबद्ध रहनेछ।
धन्यवाद।🙏

कृष्ण बहादुर राेकाया
आदर्श गाउँपालीका ३ नुवाकाेट डाेटी